मोदीले दोस्रो कार्यकालका लागि ३० मेमा सपथ लिने

Agency

लोकसभा निर्वाचनमा प्रचण्ड बहुमतसहित पुनः सत्ताको शिखरमा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ३० मेमा दोस्रो कार्यकालका लागि सपथ लिने भएका छन्।

प्रधानमन्त्री मोदीले शुक्रबार राष्ट्रपति रामनाथ कोविंदलाई भेटेर आफूलगायत क्याबिनेटको राजीनामा सुम्पिएका थिए। 

राष्ट्रपति भवनमा आयोजना भएको डिनर कार्यक्रममा सबै केन्द्रीय मन्त्रीको उपस्थिति थियो। यस अवसरमा प्रधानमन्त्री मोदीले निर्वाचन सम्पन्न भएर नतिजा सार्वजनिक भइसकेको अवस्थामा १६ औं लोकसभा भंग गर्न अनुरोध गरेका थिए।

राष्ट्रपतिसँग भेट गर्नुअघि क्याबिनेट बैठक बसेको थियो। जसमा विदेशमन्त्री सुषमा स्वराज, रेलमन्त्री पियुष गोयल, शहरी विकाशमन्त्री नितिन गडकरीलगायतको उपस्थिति थियो।

प्रतिकुल स्वास्थ्य अवस्थाका कारण अर्थमन्त्री अरुण जेटली भने उपस्थिति थिएनन्।

क्याबिनेट भंग गर्ने अनुरोधसहित राष्ट्रपतिलाई पत्र बुझाउनुअघि प्रधानमन्त्री मोदी र भारतीय जनता पार्टी (बिजेपी) का अध्यक्ष अमित शाहले बिहान पार्टीका बरिष्ठ नेता लालकृष्ण आडवानी र मुरली मनोहर जोशीलाई भेटेर आर्शिवाद लिएका थिए।

प्रकाशित मिति: : 2019-05-25 11:20:46

प्रतिकृया दिनुहोस्