भ्रमण छोट्याएर राष्ट्रपति भण्डारी स्वदेश फर्किइन्

तस्बिरः रासस

राष्ट्रपति विद्या भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर बुधबार स्वदेश फर्किएकी छन्।

राष्ट्रपति भण्डारी चीनको राजकीय भ्रमण पूरा हुनु एक दिन अघि बुधबार बिहान स्वदेश फर्किएकी हुन्।

बेइजिङमा आयोजित बेल्ट एण्ड रोड (बीआरआई) को दोस्रो सम्मेलनमा भाग लिई त्यहाँको महत्वपूर्ण भेटवार्ता पूरा गरी ल्हासा आउने क्रममा ‘हाई अल्टिच्यूड’का कारण स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति भण्डारी निर्धारित समय भन्दा एक दिन अघि नै स्वदेश फर्किएकी हुन्।

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

त्यस अवसरमा उनको सम्मानमा नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो ।

राष्ट्रपति भण्डारी बैशाख ११ गते बुधबार चीनको राजकीय भ्रमणमा गएकी थिइन्।

चीनको राजकीय भ्रमणको क्रममा राष्ट्रपति भण्डारीले पारबहन सम्झौंताको प्रोटोकलमा हस्ताक्षर समेत गरेकी थिइन्। त्यसैगरी राष्ट्रपति भण्डारीले चीनका समकक्षी सीजिन पिङसँग महत्वपूर्ण भेटवार्ता पनि गरेकी थिइन्।

राष्ट्रपति भण्डारीको राजकीय भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायत सहभागी थिए।

प्रकाशित मिति: : 2019-05-01 12:56:03

प्रतिकृया दिनुहोस्