इन्डोनेशियाको पुर्वी प्रान्त पपुवामा आएको बाढीमा परि कम्तिमा ७३ जनाको ज्यान गएको छ भने ६० जना भन्दा बढी हराइ रहेका छन। 'वर्षा नरोकिएका कारण उद्दारमा कठीनाइ भइरहेको छ। अहिले सम्म सकारकी अधिकारहरुसँग आएको सुचना अनुसार वाढीका कारण ७३ जनाले ज्कोयान गुमाएका छन। ' स्थानीय आपतकालीन एजेन्सी प्रमुख कोरी सिमवोलोनले बताएका छन।
पहिरोका कारण ४ हजार भन्दा बढी मानिस घरवारविहिन भएका छन। उनीहरु सरकारी शिविरमा आश्रय लिइरहेका छन। हिजो शनिवारदेखि परेको मुसलधारे वर्षाका कारण बाढी र पहिरो गएको स्थानियले समाचार माध्बयमहरुले ताएका छन।
उद्धारकर्मीहरुलाइ सो प्रान्तका दुर्गम स्थानहरुमा जान कठिनाइ भइरहको र मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ। पहिरोले सो क्षेत्रमा जाने दुइ वटा पुलहरुलाइ क्षति पुर्याएको छ भने पहिरो खसेर र रुखहरु ढलेकाले सडकहरु अवरुद्ध भएका छन। पहिराले एक शय भन्दा बढी घरलाइ क्षति पुर्याएको छ। सो क्षेत्रको पहाडी इलाकामा अध्याधिक मात्रामा वन फडानी भएकाले पहिरोको अत्याधिक जोखिम रहदै आएको छ।
स्थानिय समय अनुसार वेलुका ६ बजेवाट आएको वाढीका कारण ७ हजार भन्दा बढी स्थानियहरुले आफ्नो घर छोडेको बताइएको छ। सरकारी अधिकारहरुले बताएका अनुसार पापुतामा आएको बिशाल बाढीका कारण दर्जनौ घर पानीमा डुवेका छन पुल लगायत अन्य संरचनाहरु क्षतीग्रस्त भएका छन।