भारतीय संसदको चालु अधिवेशनबाट १५ विधेयक पारित

तस्बिरः एजेन्सी

भारतको केन्द्रीय संसदबाट चालु अधिवेशनबाट अहिलेसम्म १५ विधेयक पारित भएका छन्।

अहिले चलिरहेको हिउँदे अधिवेशनबाट नागरिकता सम्वन्धी विधेयकसहित १५ विधेयक पारित भएको संसदीय मामिला मन्त्री प्रलाह्द जोशीले जानकारी दिए।

पत्रकारहरुसँग कुराकानी गर्दै उनले लोकसभामा १८ विधेयक पेश गरेकोमा १४ वटा संसदले पारित गरेको बताए।

राज्य सभाले भने १५ विधेयक पारित गरेको उनको भनाइ छ।

संसदको चालु अधिवेशन गत नोभेम्बर १८ मा सुरु भएको थियो भने अहिलेसम्म २० ओटा बैठक बसेका छन्।

प्रकाशित मिति: : 2019-12-13 21:52:03

प्रतिकृया दिनुहोस्