रोहिंग्यामाथि जातीय नरसंहार गरेको भन्दै मुद्दा,सुनुवाइका लागि हेग हिँडिन् सुकी


नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी नेतृ आङसाङ सुकीले संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय न्यायालय हेगमा हुने सुनुवाइका लागि प्रस्थान गरेकी छन्।सुनुवाइका लागि अरू थुप्रै अधिकारीहरू पनि हेग जाँदैछन्।

हेगमा म्यानमार सरकारले अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायमाथि जातीय नरसंहार गरेको भन्दै मुद्दा परेको छ।

उक्त मुद्दाको सुनुवाइ आउँदो डिसेम्बर १० देखि १२ तारिखसम्म हुँदैछ।

एक महिनाअघि ५७ वटा इस्लामिक देशको तर्फबाट अफ्रिकी मुलुक गाम्बियाले म्यानमारमा जातीय नरसंहार भएको भन्दै संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायालय मुद्दा हालेको थियो।

राजधानी नेइपाइतको अन्तर्राष्ट्रिय विमानस्थलमा सुकीको समर्थनमा हजारौंले राजधानीमा प्रदर्शन गरेका छन्। हिजै उनको नाममा प्रार्थना सभा पनि गरिएको थियो।

 

प्रकाशित मिति: : 2019-12-08 12:23:35

प्रतिकृया दिनुहोस्