फिलिपिन्समा कामुरी आँधीबाट मर्नेको सङ्ख्या १७ पुग्यो (अपडेट)

तस्बिरः एजेन्सी

फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारणले ज्यान जानेको सङ्ख्या १७ पुगेको छ।

गत सोमबारबाट शुरु भएको ‘कामुरी’ नामको सो आँधीबाट हजारौँको संख्यामा स्थानीयबासी विस्थापित भएका फिलिपिन्सको मौसम विज्ञान विभाग (पागासा) ले बताएको छ।

गत १२ घण्टाभित्र निनोय अक्वीनो अन्तर्राष्ट्रिय विमानस्थलमा ३ सय २९ आन्तरिक उडान र १ सय ९२ अन्तर्राष्ट्रिय उडान बुधबार बिहान ११ बजेसम्म रद्द गरिएको छ।

सन् २०१३ मा आएको हायान नामक आँधीका कारण कम्तीमा पनि ७ हजार ३०० नागरिकको मृत्यु भएको या हराएका थिए। यसबाट फिलिपिन्सको इतिहासमा नै निकै ठूलो भौतिक क्षति पुगेको थियो।(रासस)

प्रकाशित मिति: : 2019-12-04 16:22:37

प्रतिकृया दिनुहोस्