नेपाल र ओमानका राष्ट्रिय संग्राहलयबीच द्बिपक्षीय समझदारी

बिएल

नेपालको राष्ट्रिय संग्राहलय र ओमानको राष्ट्रिय संग्राहलयकाबीच द्बिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सोमबारका ओमानको राष्ट्रिय संग्राहलयमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट राष्ट्रिय संग्राहलय छाउनीका कार्यालय प्रमुख जयराम श्रेष्ठ र राष्ट्रिय संग्राहलय ओमानका महानिर्देशक जमल बिन हसन अल मोवासीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

नेपाल र ओमानको राष्ट्रिय संग्राहलयकाबीच एक अर्काको अनुभव र विज्ञताको आदानप्रदान गर्ने विषयलाई समझदारी पत्रमा उल्लेख गरीएको छ।

उक्त कार्यक्रममा ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, राष्ट्रिय संग्राहलय ओमानका कर्मचारीहरु तथा अन्य विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो।

मंगलबारका दिन ओमानस्थित विभिन्‍न देशका राजदूतहरु, कूटनितिक कर्मचारीहरु, विद्यार्थीहरु तथा अन्य सर्वसाधारणहरुको उपस्थितमा राष्ट्रिय संग्राहलय छाउनीका कार्यालय प्रमुख जयराम श्रेष्ठद्बारा नेपालको राष्ट्रिय संग्राहलयको सम्बन्धमा प्रस्तुतीकारण दिने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: : 2019-12-02 22:49:31

प्रतिकृया दिनुहोस्