योगीले गरे भ्रष्टाचार मुद्धामा ६ सय कर्मचारीलाई कार्यवाही

Agency

भ्रष्टाचारप्रति शुन्य सहनशीलको निती अपनाएको भारत उत्तर प्रदेशको योगी सरकारले ६ सय सरकारी कर्मचारी तथा उच्च पद्स्थ पदाधिकारीलाई कार्यवाही गरेको तथ्यांक बाहिरिएको छ।

मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नो कार्यकालमा अहिलेसम्म भ्रष्टाचारको मुद्धामा दुई सय सरकारी अधिकारीलाई सेवानिवृत्त गरिसकेको छ भने बाँकीलाई बर्खास्त गर्नेदेखि निलम्बन र पद्धोन्नतिमा रोक लगाएको छ।

नोएडामा जमिन बाड्दा धांधली गरेको आरोपमा वरिष्ठ आइएएस अधिकारी राजीव कुमारलाई हालै प्रदेश सरकारले सेवानिवृत्त गरेको नोटिस थमाएको छ। आइतबार राजीव कुमारलाई सेवानिवृत्त गरिएको मुद्धा बाहिर आएको थियो। सन् १९८३ का वरिष्ठ आइएएस अधिकारी राजीव कुमार यसअघि भ्रष्टाचारको आरोपमा जेल परेका थिए। उनी २०१६ देखि निलम्बनको अवस्थामा थिए। उनको जागिरे जीवन ३० जुन २०२१ सम्म थियो।

साढे दुई वर्षभित्र भएको कार्यवाही

जबजस्ती सेवानिवृत्त– २०० अधिकारी–कर्मचारी

बर्खास्त, निलम्बन र पद्धोन्नतिमा रोक

उर्जा विभाग–१७० अधिकारी
गृह विभाग–५१ अफिसर
यातायात विभाग–३७ कर्मचारी
राजश्व विभाग–३६ अधिकारी
आधारभूत शिक्षा– २६ अधिकारी–कर्मचारी
स्थानीय निर्माण विभाग–१८ कर्मचारी
श्रम विभाग–१६ अफिसर
वाणिज्य कर विभाग–१६ अधिकारी–कर्मचारी
संस्थागत वित्त विभाग–१६ कर्मचारी

 

प्रकाशित मिति: : 2019-11-25 09:59:54

प्रतिकृया दिनुहोस्