‘वेपत्ता’ भनिएका नितिन पवारद्वारा भिडियोमार्फत आफू सकुशल रहेको जानकारी

तस्बिरः एजेन्सी

राष्ट्रिवादी काङ्ग्रेसका नेता नितिन पवारले सामाजिक सञ्जालमार्फत् एक भिडियो पोस्ट गर्दै आफू सकुशल रहेको बताएका छन्।

उनले आफन्त, शुभेच्छुक र परिवारलाई आफ्नो बारेमा कुनै चिन्ता नलिन उक्त भिडियोमा अनुरोध गरेका हुन्। उनको परिवारले शनिबार पार्टी बैठकका लागि भन्दै घरबाट निस्केका पवार परिवारको सम्पर्कमा नआएको भन्दै महाराष्ट्रको पञ्चावती प्रहरी स्टेसनमा छोराले खोजीका लागि निवेदन दिएका थिए।

भिडियोमा भनिएको छ, “मेरो परिवार र शुभेच्छुकलाई मेरो बारेमा कुनै चिन्ता नलिन आग्रह गर्दछु। म सरद पवार, अजित पावर र छगन भुजबलको साथमा छु।” “मेरो बारेमा परिवार र आफन्तले अन्यथा सोच्नु पर्दैन,” भिडियोमा भनिएको छ।

नितिनले महाराष्ट्रको काल्वन निर्वाचन क्षेत्रबाट विधान सभामा निर्वाचित भएका थिए। महाराष्ट्रका राज्यपाल भगत सिंह कोश्यारीले शनिबार बिहानै भाजपाका देवेन्द्र फडणवीसलाई राज्यको मुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी (एनसिपी) का अजित पवारलाई उपमुख्यमन्त्रीको शपथ दिलाएपछि देखिएको फरक राजनीतिक सन्दर्भ र विधानसभामा नेतृत्व गर्ने नितिन परिवारको सम्पर्कभन्दा बाहिर भएपछि नितिनका छोराले आफ्ना पितालाई खोज्न निवेदन दिएका थिए।

महाराष्ट्रमा भारतीय काङ्ग्रेस (काँग्रेस–आई), शिवसेना र राष्ट्रवादी काङ्ग्रेसको गठबन्धन सरकार बन्ने हल्ला चलिरहेका समय राष्ट्रवादीका केही नेताले अजित पवारलाई उपमुख्यमन्त्रीमा पठाएका थिए। अजितले उपमुख्यमन्त्रीमा पद तथा गोपनियताको सपथ खाइसकेका छन्।

तर सपथ लगत्तै राष्ट्रवादी कांग्रेस पार्टीका अध्यक्ष शरद पवारले भाजपालाई सरकार बनाउन समर्थन दिने निर्णय पार्टीको नभई अजित पवारको व्यक्तिगत फैसला रहेको बताएका थिए।

प्रकाशित मिति: : 2019-11-25 07:43:28

प्रतिकृया दिनुहोस्