बङ्गलादेशमा ‘सामुद्रिक डाँकू’द्वारा आत्मसमर्पण

तस्बिरः एजेन्सी

बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा भएको एक औपचारिक कार्यक्रममा झण्डै १०० ‘सामुद्रिक डाँकू’ले शान्त जीवन जीउने प्रतिवद्धतासहित शनिबार आत्मसमर्पण गरेका यहाँको प्रहरीले जनाएको छ।

उनीहरूले १५५ थान घरेलु बन्दूकसहित त्यसका लागि प्रयोग हुने ३०० राउण्ड गोली र बन्दूक बनाउने उपकरणसहित प्रहरीप्रशासनसँग आत्मसमर्पण गरेका बताइएको छ।

“आत्मसमर्पणपछि प्रहरीले उनीहरूलाई नयाँ जीवन सुरू गर्न पुनःवास कार्यक्रम अन्तर्गत प्रतिव्यक्ति ५० हजार टाका ९५९० अमेरिकी डलर० उपलब्ध गराएका छौँ,” प्रहरी प्रमुख मसुद होसैनले भने।

सामुद्रिक डाँकूहरूले बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा हत्या, अपहरण, बलात्कार, जहाज तथा डुङ्गा अपहरण गरी यात्रुहरूलाई लुट्ने गरेका प्रहरीले जनाएको छ।

उनीहरूलाई आम माफी नहुने तर सजायमा केही छुट हुनसक्ने होसैनले बताए। आत्मसमर्पणका लागि प्रशासनले गरेको कार्यक्रममा उनीहरूले आफूहरूलाई दुःख दिने गरेको स्थानीय माझीहरूले बताएका थिए।

आत्मसमर्पण गरेका उनीहरूले सार्वजनिक कार्यक्रममा पूरानो काममा नफर्किने वाचा गरेका थिए।

प्रकाशित मिति: : 2019-11-24 07:37:15

प्रतिकृया दिनुहोस्