नेपाल र कुवेतबीचको खेल एनटीभी प्लसबाट प्रत्यक्ष प्रशारण हुने

फाइल तस्बिर

कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज (मंगलबार) कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।

नेपालले पहिलो घरेलु खेलको रुपमा कुवेतसँग भुटानको थिम्पुमा खेल्न लागेको हो।नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि खेल न्युट्रल भेन्युको रुपमा भुटानमा सारिएको हो ।

बलियो कुवेतविरुद्ध मैदान उत्रदा नेपाली टिम कम्तिमा अंक खोस्ने योजनामा हुनेछ। कुवेतसँग पहिलो लेगमा ब्यहोरेको फराकिलो हारको बदला लिने अवसर नेपाललाई छ। कुवेतले खाडीको हावापानी र मौसमको फाईदा लिदै पहिलो लेगमा ७–० को जित निकालेको थियो ।

अब नेपाललाई आफु अनुकुलको मौसमलाई कुवेतसंग बदला लिने अवसर छ।

यस्तै कुवेतसँगको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको समेत हुनेछ।थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ। र, नेपाल र कुवेतबीचको खेल प्रत्यक्ष प्रशारण हुने भएको छ ।

खेल नेपाल टेलिभिजनको एनटीभी प्लसबाट प्रत्यक्ष प्रशारण हुनेछ। यस्तै भुटान फुटबल फेडेरेसनले माइकुजु टिभीबाट पनि प्रत्यक्ष प्रशारण गर्नेछ।

यस अघि कुवेतसँगको अवे खेलमा नेपालले ७–० को हार व्यहोरेको थियो। तर, भुटानमा नेपाल त्यस हारलाई बिर्साउने प्रदर्शन गर्न चाहन्छ।

छनोटको समूह बीमा नेपाल समूहको चौंथो स्थानमा छ। छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ। कुवेत ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-11-19 12:22:53

प्रतिकृया दिनुहोस्