शनिबार, १२ जुलाई २०२५

पाकिस्तानमा हिन्दु धर्म परिवर्तन गराएकाे विरोधमा क्यानडामा प्रदर्शन

News Image
क्यानडामा आयोजित विरोध प्रदर्शन । तस्बिर : एजेन्सी
• • •

पाकिस्तानमा हिन्दु बालिका तथा युवतीलाई जबर्जस्ती धर्म परिवर्तन र दुर्व्यवहार गरेको भन्दै क्यानडामा विरोध प्रदर्शन गरिएको छ । विरोध प्रदर्शनको आयोजना पाकिस्तानी हिन्दु आप्रवासीहरुले गरेका हुन् ।  

उनीहरूले क्यानडाको मिसिसोगा सहरमा आयोजित विरोध प्रदर्शनमा जबर्जस्ती धर्म परिवर्तन गर्ने कार्यलाई रोक्नुपर्ने माग गर्दै त्यस्तो गराउने कार्यमा संलग्नलाई कारबाहीको माग पनि गरेका छन् । 

पाकिस्तानको सिन्ध प्रान्तमा श्रृंखलाबद्ध रूपमा हिन्दु समुदायमाथि यस्तो गतिविधि बढ्दै गरेको प्रदर्शनकारीहरुको दावी छ । 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?