काठमाडौं : दुईजना युवतीमाथि सिरिन्ज हानेको अभियोगमा बनेपाको चारदोबाटोबाट स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएका व्यक्ति शिक्षक भएको खुलेको छ। बनेपाबाट पक्राउ परेका उनी स्याङ्जाको वालिङ नगरपालिका-१३ का एकजना शिक्षक खगेन्द्र पाठक रहेको खुलेको छ। उनलाई नजिकबाट चिन्ने पत्रकार प्रकाश डुम्रेका अनुसार उनी शान्त स्वभावका व्यक्ति हुन्। उनी वालिङको सरस्वती माध्यमिक विद्यालयका शिक्षक भएको खुलेको छ।