शनिबार, १२ जुलाई २०२५

‘प्रधानमन्त्रीज्यू, भारतको इसारामा कहिलेसम्म चल्ने?’

News Image
• • •

बहिर्गमित जनमुक्ति सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय पक्षको स्वार्थमा राष्ट्र र नागरिकका विरुद्ध निर्णय नगर्न चेतावनी दिएको छ।

बहिर्गमित जनमुक्ति सेना केन्द्रीय संघर्ष समितिका महासचिव राजन थापा सुवासले सोमबार जारी गरेको विज्ञप्तिमा मुलुक र जनताको हितमा काम गर्न ओलीलाई आग्रह गरिएको छ।

‘प्रधानमन्त्रीज्यू, तपाईं नेपालको प्रधानमन्त्री हो कि, भारत को? कि सत्ता टिकाउन भारतको इसारामा चल्ने नक्कली राष्टवादी?,’ थापाले प्रश्न गरेका छन्।

तीन करोड नेपाली जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न संगठनले चेतावनी दिएको छ। भारतको दवावमा परेर विषादीयुक्त फलफूल, तरकारी र खाद्यान्न परीक्षण नगरी नेपाल भित्र्याउने अनुमति दिनु जायज नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?