१५ वर्षअघि भारत, भुटान र तिब्बतमा मोटरसाइल टुरका बेला म आफ्नो परिवारसँग काठमाडौंमा बस्थेँ। साताको अन्तिम दिन जहिल्यै साइकल वा बुलेट मोटरसाइकलबाट केही नयाँ चाखलाख्दो कुरा खोज्ने काम हुन्थ्यो।
एक शनिबार हामीले बानेश्वरमा ट्रलीबसको टर्मिनल गेट देख्यौँ र भित्र गयौँ। दृश्य एकदमै भद्रगोल थियो। देख्दै वाक्क लाग्ने, खियाले खाइरहेका मेसिनहरु। एउटा भिन्टेज ट्रक पार्किङ गरिएको थियो। मर्मतको पर्खाइमा ट्रली बसहरु काठघरमा अस्तव्यस्त देखिन्थे। आकारप्रकार नै बिग्रिसकेका बसका च्यासिसहरु पनि उस्तै। धूलाम्य। एउटा बस ममर्तसम्भार गर्ने कुनामा मेकानिकको पर्खाइ गरिरहेजस्तो लाग्थ्यो।
भर्खरै युद्धविरामपछि सरकारी क्याम्पमा माओवादी गुरिल्लाहरु बस्नथालेका थिए। तीमध्ये केहीले त पुराना ट्रली बसलाई नै आफ्नो घर बनाएका थिए। भाँच्चिएका र मक्किएका ट्रलीका झ्यालहरुमा हँसियाहथौडा अंकित राता ब्यानर झुण्डिएका थिए। केहीमा कपडाहरु असरल्ल थिए। एक जना भर्खरको मान्छेले पुरानो काठेबाजा बजायो, जसले काठमाडौंकै ठूलो यात्रा परियोजनाको पट्यारलाग्दो विदाइ गरिरहेजस्तो लाग्यो।