बंगलादेशकी प्रधानमन्त्रीले गरिन् भान्सामा प्याज प्रयोग नगर्ने घोषणा

फाइल तस्बिर

प्याजको मूल्य आकाशिएपछि बंगलादेशकी प्रधानमन्त्रीले आफ्नो भान्सामा प्याज प्रयोग नगर्ने घोषणा गरेकी छिन्। प्रधानमन्त्री शेख हसिना वाजेदको डेपुटी प्रेस सेक्रेटरी हसन जाहिदलाई उद्वृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यस्तो समाचार सार्वजनिक गरेका हुन्।

बंगलादेशमा केही समयअघि ३० टका प्रतिकिलो रहेको प्याजको भाउ बढेर सोमबार २ सय ६० टका पुगेको छ। भारतले निर्यात प्रतिवन्ध लगाएपछि बंगलादेशमा अहिले म्यानमारलगायतका देशबाट प्याजको आयात भइरहेको छ।

एफपीले जनाएअनुसार आफ्नो देशमा उत्पादन नहुने आयातित प्याज प्रयोगमा जनतालाई पनि निरुत्साहित गर्ने उनको सोच छ।

उपभोक्तालाई सीमित राहत दिन सरकारले ४५ रुपैयाँ प्रतिकिलोमा प्याज विक्री सुरु गरेको बंगलादेशी समाचार एजेन्सीहरुले लेखेका छन्।

 

 

 

प्रकाशित मिति: : 2019-11-18 15:43:05

प्रतिकृया दिनुहोस्