जनवादी गायक तथा सङ्गीतकार रामेश श्रेष्ठको जीवन : कम्युनिस्ट नेताहरूले बाहिर बोलेका कुरा आफू र घरमा लागू गरेनन्

तस्बिरः रातोपाटी

करिब ५६ वर्षदेखि जनताको दुःख र अधिकार गीतमा गुन्जाउँदै आएका जनवादी गायक तथा सङ्गीतकार हुन् रामेश श्रेष्ठ । देशको अवस्था, जनताको अवस्था बुझेर गीत बनाउने, गाउने उनको गीतले जनताको दुःख र अधिकारका बुलन्द गर्ने काम गर्दै आएको छ ।

 

सार्वजनिक मञ्चमा गीत गुन्जाउँदा उनी कुनै माया, प्रेम तथा राजनीति दल विशेषभन्दा पनि जनताको सरोकारका कुरा राख्ने गर्छन् ।

पञ्चायतकालीन कठोर राजनीतिक व्यवस्थाविरुद्ध ‘गाउँगाउँबाट उठ...’ भन्दै जनतालाई जगाउने युवाहरूको समूह राल्फाका सदस्यसमेत रहेका उनका ‘सङ्घर्ष हो जीवन’, ‘आऊ मिलाऔँ हाम्रा हातहरू’ जस्ता कैयौँ गीतले सर्वसाधारणलाई सङ्घर्षका लागि ऊर्जा थप्ने काम गथ्र्यो ।

२०२३ सालदेखि हालसम्म पनि जनताको गीत गाउँदै आएका उनी अहिले वर्षाैं पुराना राल्फाकालीन गीत रेकर्डिङ गरेर ल्याउनमा व्यस्त छन् । पञ्चायत ढल्यो, बहुदल आयो । लोकतन्त्र र गणतन्त्र पनि घोषणा भइसकेको छ । तर जनताको दुःख जनतामै रहेकाले सन्तोषको सास फेर्न अझै नसकेको बताउने गायक सङ्गीतकार रामेश श्रेष्ठसँग रातोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी ।

मेरो खाना

सामान्य नेपाली खाना दाल, भात र तरकारी नै मनपर्छ । यही खाएपछि पूर्ण भएको जस्तो लाग्छ । म एक सामन्ती परिवारमा हुर्किएको मानिस हुँ । मिठो भन्ने पनि मैले बुझेको छु ।

मन नपर्ने खाना केही छैन । म जनताको घरदैलोमा वर्षाैं गीत गाएर हिँडे । यो मनपर्ने, यो नपर्ने, यो चाहिन्छ भन्ने कुरो गरिब, दुःखी जनताको घरदैलोमा भन्न मिल्दैन । फोहोर र सडेगलेको खानु हुँदैन भन्ने मेरो बुझाइ हो ।

पहिला पहिला हामी बिहानदेखि गीत गाउँदै हिँड्थ्यौँ । एक गाउँमा गीत गाउँदै गर्दा ९ बजेतिर अर्काे गाउँका मानिस लिन आउँथे । लिन आउनेले खाना खाइसक्यो होला भन्ने सम्झन्थे । बिहान गीत गाएको ठाउँका लिन आउने गाउँका मानिसले सुनाउँछन् भन्ठान्थेँ । यो क्रममा धेरैजसो समय भोकै भइन्थ्यो । ..........

प्रकाशित मिति: : 2019-07-07 10:42:33

प्रतिकृया दिनुहोस्