गौतम गम्भीर हराएको पोस्टर दिल्लीका रूखमा टाँसिए

Photo Credit :aninews.in

भारतीय जनता पार्टीका सासंद तथा पूर्वकिक्रेटर गौतम गम्भीरको फोटा दिल्लीका सडकछेउका रुखहरूमा टाँसिएका छन्।

गत शुक्रबार वायु प्रदुषणको विषयमा बसेको शहरी विकास संसदीय समितिको बैठक छुटाएपछि दिल्लीवासीले गम्भीरलाई पुरै दिल्लीले खोजिरहेको सूचना पोष्टरमा छापेका छन्।

पोष्टरमा गौतम गम्भीर हराइरहेको र पछिल्लो पटक इन्दोरमा जेरी खाँदै गर्दा देखिएको भन्ने सूचना लेखिएको छ।

मापनअनुसार ० देखि ५० सम्म एक्युआईलाई राम्रो मानिन्छ भने ५० देखि १०० लाई सन्तोषजनक मानिन्छ । त्यसैगरी १०० देखि २०० सम्मलाई मध्यम र २०० देखि ३०० एक्युआईलाई कमजोर मानिन्छ । त्यसैगरी ३०० देखि ४०० सम्म एक्युआईलाई अति कमजोर र ४०० देखि ५०० एक्युआईलाई कडा अर्थात एकदमै खराब मानिन्छ।

५०० भन्दा बढी एक्युआई भयो भने त्यसलाई संकटकालीन अवस्थाका रुपमा लिनुपर्ने हुन्छ। यस्तो अवस्थामा कुनै पनि देशका सरकारले ती क्षेत्रहरुमा संकटकालीन अवस्थाको घोषणा गर्नुपर्ने अवस्था समेत हुन सक्छ। वायु प्रदुषणको कारण त्यहाँको जनजीवन थप अप्ठेरोमा पर्न थालेका छन्। प्रदुषणले गर्दा नयाँ दिल्ली र वरपरको बस्तीमा समेत समस्या देखिन थालेको छ।

विगतका केही हप्तादेखि नै सडक र वरपरको क्षेत्रका निर्माण कार्यहरू ठप्प छन् भने विद्यालयहरु बन्द छन्। अरू दैनिक आवश्यकताका वस्तुहरूको परिपूर्तिमा समेत अप्ठेरो परिरहेको छ। भारतको राजधानी नयाँ दिल्लीमा अघिल्ला वर्षहरु जस्तै यस पटक पनि चिसो मौसमको सुरुमै दिल्लीको आकाशको मौसममा खराबी देखिन थालेको हो।

 

 

 

 

प्रकाशित मिति: : 2019-11-17 13:36:32

प्रतिकृया दिनुहोस्