काठमाडौं ।
भारतसँग २८ रनले पराजित हादै बंगलादेश इंग्ल्याण्ड र वेल्समा जारी आईसिसि एक दिवसीय विश्वकप क्रिकेटबाट बाहिरिएको छ।
रोहित शर्माले कीर्तिमानीसतक सँगै भारतले दिएको ३१५ रनको लक्ष्य पछ्याएको बंगलादेश १२ बल बाँकी छँदै २८६ रनमा समेटियो।
उसका लागि शाकिब अल हसन र मोहम्मद सैइफउदिनले अर्धसतकीय इनिङ्स खेले पनि हार टार्न सकेनन्।
शाकिबले ६ चौकासहित ७४ बलमा ६६ रन बनाउँदा सैइफउदिनले नटआउट ५० रनको पारी खेले।
बंलादेशलाई रोक्न भारतका जसप्रित बुमराहले ४ विकेट लिँदा हार्दिक पाण्ड्याले ३ तथा भुवनेश्वर कुमार, मोहम्मद शामी र युजबेन्द्र चहलले समान १-१ विकेट लिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १४ रन बनाएको थियो। भारतका लागि ओपनर रोहित शर्माले १ सय ४ रनको उत्कृष्ट शतकीय योगदान दिए । ९२ बलमा ७ चौका र ५ छक्का प्रहार गरेका रोहितले जारी विश्वकपमा चौथो शतक प्रहार गरेका हुन्।
पहिलो विकेटका लागि ओपनर रोहितलेलोकेश राहुलसँग मिलेर १ सय ८० रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै विशाल योगफलतर्फ लम्काएका थिए।
राहुलले ९२ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ७७ रनको योगदान दिए ।
त्यस्तै कप्तान विराट कोहलीले २७ बलमा ३ चौका सहित २६ रन जोडे। ऋषभ पन्तले ४१ बलमा ६ चौका र १ छक्का सहित ४८ रनको योगदान दिए ।
हार्दिक पान्ड्या डक आउट भए । महेन्द्रसिंह धोनी ३३ बलमा ४ चौका सहित रनमा ३५ मा क्याच आउट भए । दिनेश कात्तिक ८ र भुवनेश्वर कुमार २, र मोहम्मद सामीले १ रनको योगदान दिए।
बंगलादेशका लागि मुस्ताफिजुर रहमानले १० ओभरमा १ मेडन सहित ५९ रन खर्चेर ५ विकेट हात पारे । त्यस्तै सकीब अल हसन,सौम्य सरकार र रुबेल हसनको नाममा समान १ विकेट रह्यो।
यो हार सँगै बंगलादेश जारी विश्वकपमा ८ खेलबाट ७ अंक जोड्दै तालिकाको सातौ स्थानमा कायमै छ। विजयी भारतले दोस्रो स्थानसहित दोस्रो चरण पक्का गरेको छ।