अमेरिकाले नेपाली विद्यार्थीका लागि लिदै आएको भिसा पारस्परिकता इस्युएन्स शुल्क नलिने भएको छ । यसअघि भिसा पारस्परिकता इस्युएन्स शुल्क भनेर अमेरिकाको विद्यार्थी भिसा पाउँने विद्यार्थीलाई अमेरिकाले दुईसय अमेरिकी डलर शुल्क लिदै आएको थियो ।
अमेरिका र नेपालबीच भएको भिसा पारस्परिक सम्झौताअनुसार जुलाई १ देखि नै यो शुल्क नलाग्ने भएको हो ।
अब अमेरिका जाने विद्यार्थीले आवेदन शुल्कवापत १६० डलर र सेभिस शुल्कवापत ३५० डलर गरेर ५१० अमेरिकी डलर तिर्नुपर्ने हुन्छ ।
यसअघि भिसा पारस्परिकता इस्युएन्स शुल्कसहित अमेरिका जाने हरेक नेपाली विद्यार्थीले ७१० अमेरिकी डलर तिर्नुपर्थ्यो। यो रकम जुन २४ देखि जुन ३० सम्म विद्यार्थी भिसा लिनेले तिरे ।
जुन २४ अघि सेभिस शुल्क २०० मात्र थियो । त्यसैले त्यसअघि आवेदन शुल्क १६०, भिसा पारस्परिकता इस्युएन्स शुल्क २०० र सेभिस शुल्क २०० गरी ५६० डलर तिर्नुपर्ने हुन्थ्यो ।