मनसुन जारी रहेकाले आइतबार पनि देशका विभिन्न स्थानमा वर्षा हुने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडोैं उपत्यका र वरिपरिको मध्यवर्ति क्षेत्रमा दिउँसो पानी पर्ने सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज देशभर सामान्य बदली हुने छ । केही स्थानमा हल्का वर्षा हुनेछ भने केहीमा मध्यम वर्षा हुने छ।
तर, देशको पूर्वी र पश्चिमी भागको एक/दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना बताइएको छ ।
देशको पश्चिमी भागबाट मौसम बदली हुँदै पूर्वतिर सर्ने अनुमान माैसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाका अनुसार पूर्वमा भने अपराह्नतिर मात्र वर्षा हुन सक्ने छ ।