काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको बहुचर्चित जग्गा प्रकरणमा थप ३ जनालाई बयानका लागि बोलाएको छ ।
अख्तियारले हुपेन्द्रमणी केसी, राम कुमार सुवेदी र शोभाकान्त ढकाललाई ७ दिनभित्र सम्पर्कमा आउन भन्दै सार्वजनिक सूचना जारी गरेको छ । अख्तियारले बुधबार जारी गरेको सावएजनिक सूचनामा यी तीनै जनाको नाम थिएन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार ढकाल, केसी र सुवेदी अख्तियारको सम्पर्कमा रहिरहेकाले उनीहरुको नाम सूचीमा नराखिएको भन्दै उनीहरुलाई फोनमार्फत बोलाएर बयान लिइने बताएका थिए ।