स्कुल र घरमा माया नपाएपछि सुसाइड नोट लेख्दै ११ वर्षीय बालकले गरे आत्महत्या

बाह्रखरी

काठमाडौं । आफूलाई स्कुल (विद्यालय) र घरमा कसैले माया नगरेको भन्दै ललितपुरमा एक ११ वर्षीय बालकले ‘सुसाइट’ नोट लेखेर आत्महत्या गरेका छन् । ललितपुर बागमती गाउँपालिका–२ माल्टास्थित कालिदेवी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत ११ वर्षिय समिर लुङ्वाले घरमै झुण्डिएर आत्महत्या गरेका हुन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रविन्द्र धानुकले घटनाबारे अनुसन्धान भइरहेको बताए । ११ वर्षीय बालकले ‘सुसाइड’ नोट लेखेर आत्महत्या गरेको यो नेपालकै पहिलो घटना भएको बताइएको छ ।

प्रकाशित मिति: : 2019-06-25 14:08:19

प्रतिकृया दिनुहोस्