क्रिकेट टोली बंगलादेश प्रस्थान

Photo Credit :CAN

बंगलादेशमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम त्यसतर्फ प्रस्थान गरेका छन्।

नेपाली टिम सोमबार बिहान ढाका प्रस्थान गरेका हुन्। सोमबार ९ खेलाडीसहितको नेपाली टिम बंगलादेश प्रस्थान गरे। प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले गत बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेको छ ।

पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने युईएमा हुने टी–१० लिग खेल्न जान लागेकाले टोलीमा छैनन्। प्रतियोगितामा नेपालसहित टेस्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, ओमान र हङकङले प्रतिस्पर्धा गर्नेछन्। नेपाल समूह ‘बी’ मा छ।

नेपालको समूहमा भारत, बंगलादेश र हङकङ छन्। समूह ‘ए’ मा पाकिस्तान, ओमान, श्रीलंका र अफगानिस्तान रहेका छन् । नेपालले नोभेम्बर १४ मा भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपालले नोभेम्बर १६ मा हङकङ र समूह चरणको अन्तिम खेल बंगलादेशसँग नोभेम्बर १८ मा खेल्नेछ।

समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन्। सेमिफाइनल र फाइनल खेल मिरपुरमा हुनेछ । प्रतियोगितामा युएईले अन्तिममा नाम फिर्ता लिएपछि नेपालले खेल्ने मौका पाएको हो।

नेपाली टिम : ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुशन भारी, इशान पाण्डे, आरिफ शेख, अविनास बोहरा र कुशल भुर्तेल

प्रकाशित मिति: : 2019-11-11 11:52:52

प्रतिकृया दिनुहोस्