लण्डन पुग्यो नेपालका हात्तीलाई यातना दिएको विषय

पशु अधिकारको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था पेटाले चितवनमा हात्ती महोत्सवको पछिल्लो संस्करणमा कतिपय हात्तीलाई 'यातना' दिइएको खुलासा गरेको छ।

पेटाले बीबीसी नेपालीलाई उपलब्ध गराएको एउटा भिडिओ फुटेजमा माहुतेहरूले केही हात्तीलाई हिर्काएको र तीखो अस्त्रले रगत आउने गरी घोचेको देखिन्छ।

तर महोत्सवका एक आयोजकले "ठूलो घटना नभएको" र त्यसमा संलग्न माहुते तथा हात्तीका मालिकलाई आइन्दा त्यसो नगर्न भन्दै "सचेत गराइसकिएको" प्रतिक्रिया दिएका छन्।

घटनाबारे थाहा भएपछि महोत्सवका प्रमुख प्रायोजक गोर्खा ब्रुअरी र सहप्रायोजक जावलाखेल ग्रूप अफ इन्डस्ट्रिजले आफूहरू सो महोत्सवबाट अलग भएको बताएका छन्।

प्रकाशित मिति: : 2019-06-22 09:58:43

प्रतिकृया दिनुहोस्