ओली र मोदीबीच ट्विटरमा योग-सम्वाद : 'पिङपङ कूटनीति'को झझल्को

ओली र मोदीको आआफ्नो योग आसन । तस्बिर : फाइल/स्टक तस्बिर ।

हरेक वर्ष जुन २१ का दिन मनाउँदै आएको अन्तर्राष्ट्रिय योग दिवशको अवसर पारेर यसपटक नेपाल र भारतका प्रधानमन्त्रीबीच ट्विटरमा योग-सम्वाद भएको छ । 

प्रधानमन्त्री के पी शर्मा ओलीले विश्व योग दिवसका अवसरमा ट्विटरमा लेखे-
विश्व योग दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्राच्य संस्कृतिको अनुपम उपलब्धि योग साधना मार्फत मन, वचन र कर्मले एकै स्थानमास्थित रही जीवनलाई स्वस्थ्य बनाउने सफलता मिलोस्, शुभकामना ।

प्रधानमन्त्री ओलीको ट्वीटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषामै जवाफ फर्काउँदै लेखे-  

योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रुपमा उपस्थित भई योग दिवस कार्यक्रमलाई सुशोभित गर्नु भएकोमा प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु ।

यो ट्विटमार्फत् नेपाल र भारतका प्रधानमन्त्रीले एक फरक सन्दर्भमा ट्विट गरेर एकआपसमा व्यक्तिगत सम्बन्ध रहेको पनि संकेत गरे ।

पछिल्लो समय नेपाल भारत सम्बन्धलाई शंकाको दृष्टिकोणबाट हेरिदै आएको सन्दर्भमा  यसको अनेक कोणबाट अर्थ निकालिएको छ । 

प्रकाशित मिति: : 2019-06-22 08:04:00

प्रतिकृया दिनुहोस्