एजेन्सी । युवा फ्रान्सेली स्टार केलियन एम्बाप्पे अर्को सिजनसम्म पेरिस सेन्ट जर्मेन (पीएसजी) मै रहने भएका छन्।
पिएसजीका अध्यक्ष नासिर अल खेलाइफीले एम्बाप्पे पीएसजीमा रहने दाबी गरेसँगै उनी यो सिजन पनि लिग विजेता पिएसजीमै रहने भएका हुन्।
पछिल्लो समय फ्रान्सेली क्लब बाहिर जोडिएका २० वर्षिया एम्बाप्पे नयाँ सिजनमा नयाँ क्लब जान सक्ने अडकलबाजी हुँदै आएको थियो।
यसअघि एक समारोहमा फ्रान्सेली स्टार एम्बाप्पले क्लब छाड्ने संकेत गर्दै आफू नयाँ परियोजनामा सहभागि हुने बताएका थिए।
अध्यो खेलाइफी एम्बाप्पे क्लबमै रहने २०० प्रतिशत सम्भावना रहेको भन्दै यस्ता अनौठा खेलाडीलाई आफूले जान नदिने बताएका हुन्।
यसैबीच उनले ब्राजिली स्टारलाई पीएसजीमा अनुबन्धन गर्न कसैले दबाब नदिएको समेत बताए। नेयमार पीएसजीमा खुसी नभएको समाचार बाहिर सार्वजनीक भईरहँदा क्लब अध्यक्षको यस्तो भनाई बाहिर आएको हो ।
विश्वकप विजेता एम्बाप्पेले पछिल्लो सिजन पीएसजीका लागि ४३ खेलमा ३९ गोल गरिसकेका छन् ।
एम्बाप्पे हाम्रा धेरै परियोजनामासमेत सामेल हुन चाहेको र उनी टिमसँग अघि बढ्न चाहेको भन्दै अध्यक्ष खेलाइफीले उनलाई त्यही जिम्मेवारी सम्झाएको दाबी गरे।
'उनी निकै बुद्विमान छन्। मलाई लाग्छ, उनले सम्झिसकेका छन् । के उनी अर्को सिजन हामीसँग हुन्छन् त? म सतप्रतिशत होईन, दुई सय प्रतिशत निश्चित छु।' उनले थपे।