मलेसियामा बस दुर्घटना, नेपाली कामदारसहित १४ जना घाइते

तस्बिरः एजेन्सी

मलेसियाको तपाह भन्ने ठाउँमा यात्रु बोकेको बस दुर्घटना हुँदा नेपालीसहित १४ जना कामदार घाइते भएका छन् ।

सोमबार बिहान पाँच बजे बस नर्थ–साउथ एक्सप्रेस वे नजिकै तपाह भन्ने ठाउँमा भएको दुर्घटनामा इण्डोनेसियन र नेपाली गरी १४ जना कामदार घाइते भएको ‘द स्टार’पत्रिकाले जनाएको छ ।

पेनाङबाट आएको बस गेन्टिङ हाइल्याण्डतर्फ जाने क्रममा डिभाइडरसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १९ देखि ४२ वर्ष उमेर समूहका कामदारहरु बसमा सवार थिए ।

उनीहरुले हिल रिसोर्टमा छुट्टि मनाउन भनेर बस बुक गरेका थिए ।

 

 

प्रकाशित मिति: : 2019-11-04 13:50:41

प्रतिकृया दिनुहोस्