ओली सरकारले सिफारिस गरेका चार राजदूत 'ट्रायल बलुन' मा

ओली सरकारले सिफारिस गरेका महामहिमहरू । फाइल तस्बिर

ओली सरकारले चार देशका लागि राजदूत सिफारिस गरेको ट्रायल बलुन आएको छ । 

मन्त्रिपरिषदबाट सिफारिस भएको भनिए पनि औपचारिकता पाइनसकेकाले यो प्रकारको ट्रायफ बलुन सिफारिस हो ।

मन्त्रीपरिषद स्रोतका अनुसार ओली सरकारले अस्ट्रेलिया, स्पेन, बंगलादेश र कतारका लागि राजदूत सिफारिस गरेको  हो ।

अष्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनमा दावाफुटी शेर्पा र बंगलादेशमा डा. वंशिधर मिश्रलाई राजदूतमा सिफारिश गरिएको बताइएको छ । 
 
सिफारिस गरिएकामध्ये भारद्वाज र स्पेनका शेर्पा ओली कोटामा परेका हुन् भने दाहाल प्रचण्ड कोटाका हुन् । डा. मिश्र भने नेपाल कोटाका हुन् । 
 
कतारका लागि राजदूतमा सिफारिस गरिएका भारद्वाज झापा काण्डमा १२ वर्ष जेल बसेका थिए । उनी केही समयअघि त्रिभुवन विश्वविद्यालयको रिडरबाट रिटायर्ड भएका थिए ।
 
स्पेनका लागि राजदूतमा सिफारिस भएकी दावाफुटी शेर्पा पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाकी छोरी हुन्। ३७ वर्षीया उनी प्रधानमन्त्री ओलीको गुड बुकमा रहेका पर्यटन व्यवसायी स्वर्गीय आङछिरिङ शेर्पाकी भतिजी हुन् । नेकपाको कार्यालय उनकै घरमा बसेको छ ।
 
अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस गरिएका महेश दाहाल अध्यक्ष प्रचण्डका नातेदार हुन् । कांग्रेस पृष्ठभूमिका उनी केही समयअघि मात्र नेकपामा प्रवेश गरेका थिए । नेपाल जेसिसका अध्यक्ष रहेिसकेका उनलाई  मिनेन्द्र रिजाल सञ्चारमन्त्री हुँदा नेपाल टेलिभिजनको अध्यक्षमा नियुक्त भएका थिए ।
 
बंगलादेशका लागि राजदूतमा सिफारिस भएका डा. बंशिधर मिश्र स्वास्थ्यमन्त्री भैसकेका नेकपा नेता हुन् । माधव नेपालको गृहजिल्ला रौतहटका मिश्र नेकपाका केन्द्रीय सदस्य पनि हुन् ।
प्रकाशित मिति: : 2019-06-08 12:08:35

प्रतिकृया दिनुहोस्