महाराष्ट्रको राजनीतिमा नयाँ तरंग, शिव सेनालाई समर्थन गर्न सोनियालाई आग्रह

तस्बिरः एजेन्सी

भारती जनता पार्टी र शिव सेनाबीच महाराष्ट्र राज्यमा मुख्यमन्त्रीका लागि सहमति नभइरहेको अबस्थामा कांग्रेस सांसदले नयाँ तरंग उत्पन्न गरेका छन् ।

कांग्रेस नेता तथा राज्यसभा सांसद हुसेन दलवाईले, कांग्रेस पार्टी प्रमुख सोनिया गान्धीलाई महाराष्ट्रमा शिव सेना पक्षलाई सहयोग गर्न पत्र लेखेपछि महाराष्ट्रको राजनीतिमा नयाँ तरंग सुरु भएको छ ।

सांसद दलवाईले गान्धीलाई लेखेको पत्रमा बिगतलाई समेत स्मरण गरेका छन् । भारतको राष्ट्रपति पदका लागि कांग्रेसका उम्मेदवार प्रतिभा पाटिल र प्रणव मुखर्जीलाई कुनैबेला शिव सेनाले समर्थन गरेको थियो ।

'शिवसेनाको राजनीति चरम छ भने भाजपाको भन्दा सर्वसमावेशी पनि छ ।', दलवाईले आफ्नो पत्र उद्धृत गर्दै पत्रकारलाई भने,'हामीले भाजपालाई सत्ताबाट टाढा राख्न शिव सेनालाई सहयोग गर्नुपर्दछ ।'

चुनावताका गठबन्धन बनाएका शिव सेना र भाजपाले, मुख्यमन्त्री पदका लागि भने आ–आफ्नो दाबी कायमै राखेका छन् । गठन्धनमा मुख्यमन्त्रीको भाग नमिल्नु र कांग्रेस नेताको शिव सेनाप्रति समर्थनले मुम्बईको राजनीति तातिएको छ ।

प्रकाशित मिति: : 2019-11-02 17:10:47

प्रतिकृया दिनुहोस्