भारतीय प्रधानमन्त्री मोदी थाइल्याण्ड भ्रमणमा

तस्बिरः एजेन्सी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिने भ्रमणका सिलसिलामा शनिबार बिहान थाइल्याण्ड प्रस्थान गरेका छन् ।

भ्रमणका क्रममा उनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संघ (आसियान) र क्षेत्रीय बृहत आर्थिक साझेदारी (आरसिइपी) को सम्मेलनमा सहभागीता जनाउने छन् ।

सम्मेलनमा सहभागी हुने बाहेक उनले आजै बैङ्ककमा आयोजना हुने सामुदायिक कार्यक्रम “सवस्दी पिएम मोदी” लाई पनि सम्वोधन गर्नेछन् ।
भारतको विदेश मामिला मन्त्रालयका अनुसार नोभेम्बर ३ तारिखका दिन उहाँले आसियानको सहअध्यक्षता गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा भारत र आसियान अन्तर्गतका अन्य देशहरुको आपसी सम्वन्धका बारेमा छलफल हुने जनाइएको छ । त्यसपछि उनि थाईल्याण्डका प्रधानमन्त्रीद्धारा आयोजित विशेष भोजमा सहभागी हुनेछन् ।

आसियानका सदस्य देशका प्रमुखहरुले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अन्य साझा चासोका विषयसँगै विश्वव्यापी दिगो विकासका बारेमा पनि छलफल गर्ने विदेश मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति: : 2019-11-02 15:30:01

प्रतिकृया दिनुहोस्