दिल्ली विमानस्थलमा शंकास्पद वस्तु फेला, बम डिस्पोजल टोली तैनाथ

Photo Credit :ANI

नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु फेला परेको छ ।

शुक्रबार बिहान शंकास्पद बस्तु फेला परेपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

शुक्रबार बिहान करिब २ बजेतिर विमानस्थलमा प्रहरीका अनुसार विमानस्थलमा लगेजहरु ओसार्न प्रयोग हुने ट्रलीमा एउटा वेवारिसे झोला फेला परेको दिल्ली प्रहरीले जनाएको छ ।

उक्त झोलामा बम भएको हुनसक्ने भन्दै प्रहरीको बम डिस्पोजल टोली विमानस्थलमा तैनाथ भएको थियो ।यद्यपि, प्रहरीले भने अहिलेसम्म उक्त झोलाभित्र विस्फोट पदार्थ नै रहेको भनेर पुष्टि गरिसकेको छैन ।

सुरक्षाकर्मीले झोला भेटिएको स्थानलाई घेरा हालेर राखेका छन् ।

विमानस्थलमा बम रहेको भन्ने खबर चलेपछि शुक्रबार बिहान यात्रुहरुको भागदौड नै मच्चिएको जनाइएको छ ।

प्रकाशित मिति: : 2019-11-01 13:20:12

प्रतिकृया दिनुहोस्