नेपालको राजधानी काठमाडौं बमआतंकका कारण 'हाइ अलर्ट' मा राखिएको छ। ठाउँ ठाउँमा बम तथा शंकास्पद बस्तुहरू भेटिने क्रम जारी रहेको र सोमबार प्रतिबन्धित नेकपा विप्लव समूहले आव्हान गरेको नेपाल बन्दमा हुन सक्ने सम्भावित गडबढीलाई ध्यानमा राखेर गृहमन्त्रालयले हाइअलर्टमा राखेको हो।
यो समाचार तयार पारिरहेको बेलासम्ममा राजधानीका दुई ठाउँमा भएका बम बिस्फोटमा कम्तिमा पनि चारजनाको ज्यान गैसकेको छ।
प्रतिबन्धित नेकपा विप्लव समूहको संलग्नतामा नेपाली समयअनुसार आइतबार साँढे ४ बजेतिर सुकेघारास्थित एक शैलुनमा र घट्टेकुलोस्थित एक घरको कोठामा बिस्फोट भएको थियो। सुकेधाराको विष्फोटमा तीनजना र घट्टेकुलोको विस्फोटमा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। तर, मृतकहरूको अहिलेसम्म पनि सनाखत हुन सकेको छैन।
घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भैरहेको छ। उनीहरूले दिएको जनाकारीअनुसार घटनामा प्रतिविन्धित नेकपा विप्लव समूहका नेता कार्यकता नै संलग्न रहेका हुन्।
विस्फोटमा ज्यान गुमाएकाहरू नेकपाको विप्लव समूहकै कार्यकर्ता रहेको पाइएको छ।बम बनाउने क्रममा वा बम राख्न लैजाने क्रममा उनीहरू मारिएका छन्।
प्रतिबन्धित नेकपा विप्लव समूहले सोमबार नेपाल बन्दको आव्हान गरेको छ।आतंक सिर्जना गरेर बन्द सफल बनाउन घटनाहरू घटाइएको अनुमान गरिएको छ।
यसैबीच काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पनि विस्फोटका लागि तयार गरिएका शंकास्पद बस्तु बरामद गरिएका छन्। केही ठाउमा सेनाले बमहरू डिस्पोजल गराएको बताइएको छ।
प्रहरीका अनुसार नेपाली सेनाले लगनखेलमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गरेको छ भने ग्वार्को र सातदोबाटोमा पनि शंकास्पद वस्तु फेला परेको छ।
यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका–३, इँटाभट्टा चोकमा पनि बम विष्फोट भएको छ।प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा विष्ष्फोटमा परेर दुई जना घाइते भएका छन्।