सुनसरीको धरानमा लुटेरा समूहको गोली लागि एक जना घाइते भएका छन्।
आइतबार दिउँसो एउटा माइक्रो फाइनान्स कम्पनीको पैसा लुट्न आएको लुटेरा समूहले गोली चलाउँदा उक्क फाइनान्सका सुरक्षा गार्ड घाइते भएका छन्।
सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीका अनुसार मोटरसाइकलमा आएको तीन जनाको समूहले माइक्रो फाइनान्सको सुरक्षा गार्डलाई गोली हानेर भागेका हुन्। पेटमा गोली लागेर गम्भीर घाइते भएका सुरक्षा गार्डको उपचार भइरहेको उप्रेतीले जानकारी दिए।
घटनाबारे अनुसन्धान सुरू गरिसकेको प्रहरीले जानकारी दिएको छ।