नेपालमा यतिबेला अमेरिकासहित ६ मुलुकका सेनाको विपद् व्यवस्थापनसम्बन्धी संयुक्त सैन्य अभ्यास जारी छ। नेपाली सेनाको समेत सहभागी रहेको तालिमको नाम ‘डिजास्टर रेस्पोन्स एक्सरसाइज एन्ड एक्सचेन्ज’ (डीआरइई) नाम दिइएको संयुक्त सैन्य अभ्यास जेठ ५ गतेदेखि सुरू भएको हो।
यसको पुष्टी नेपालको सत्तारूढ दल नेकपाका प्रमुख सचेतक देव गुरुङले संसदमै बोलेरै गरिसकेका छन्। उनले संसदमा यो तालिम रोक्न रक्षा र परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।
संसदमा बोल्दै उनले भने- 'अमेरिकी सेना र नेपाली सेनाका साथै ६ वटा मुलुकको दुई सय २० सेनाले विपद् व्यवस्थापनको नाममा संयुक्त सैन्य अभ्यासको सुरूआत भएको छ।' उनले अगाडि प्रश्न गरे- 'नेपालको राष्ट्रियताको संकट परिराखेको अवस्थामा, शक्तिराष्ट्रको टकराव परिराखेको अवस्थामा यसप्रकारको सैन्य अभ्यासले नेपालको राष्ट्रिय अस्मितालाई कहाँ पुर्याउँछ?'
नेकपा प्रमुख सचेतक गुरूङले तालिमको विषयमा संसदमा समेत ध्यानाकर्षण गराउँदै भने-'यस विषयमा सदनको ध्यानाकर्षण गराउनुको साथै परराष्ट्र र रक्षा मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु।'