तपाईंले राजदूत बेरीलाई एउटा प्रश्न सोध्ने अवसर पाउनुभयो भने त्यो प्रश्न के हुन्थ्यो?
हामीले भेटेका केही महानुभावहरूलाई प्रश्न सोध्ने अवसर दिनेगरी साप्ताहिक भिडियो सिरिजको रुपमा "राजदूतसँग गफगाफ" शुरु गर्न गैरहेका छौं। हरेक सोमबार नयाँ प्रश्न र नयाँ उत्तर यहाँहरूसमक्ष आउनेछ। हेर्दै गर्नुहोला।
यो सूचना हो नेपालका लागि अमेरिकी राजदूताबासको।
यो सूचनाअनुसार नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेरीले केही समयपछि नै ‘अमेरिकी राजदूतसँग गफगाफ’ शीर्षकमा सामाजिक सञ्जालका फलोअर्ससँग अन्तरक्रिया गर्न आउँदैछन्।
यही सूचनासँगै राजदूत बेरीको एक भिडियो सन्देश पनि छ।त्यसमा उनले आफ्नो केही महिनाको नेपाल बसाईको क्रममा सबै फलोअर्ससँग भेटघाट गर्ने सम्भावना नरहेकाले ‘गफगाफ’ सिरिज सुरु गर्न लागेको उल्लेख गरेका छन्। ृनदे आफू सामाजिक सञ्जालमा रहेका सबैसँग अन्तरक्रिया गर्न उत्सकु रहेको पनि उल्लेख गरेका छन्।
उनको यो घोषणा विवादास्पद भएको छ। खासगरी सामाजिक सञ्जालमा यसले मिश्रित प्रतिक्रिया पाएको छ। केहीले यसको स्वागत गर्दै सर्वसाधारणसँग उनीहरुका चासोकाबारेमा राजदूत आफैले अन्तरक्रियाको पहल गर्नु सकारात्मक रहेको भनेका छन्। केहीले यसलाई सर्वसाधारणसम्म पुग्ने कूटनीतिक रणनीति पनि भनेका छन्।
तर, यसको विपक्षमा रहनेहरूले यसलाई कूटनीतिक मर्यादा विपरित कार्य भनेका छन्। केहीले यसका लागि नेपालको सरकारको पूर्वस्वीकृति लिनुपर्ने पनि भनेका छन्।
राजदूत बेरी र काठमाडौंस्थित अमेरिकी राजदूताबासले भने यसमा कुनै प्रतिक्रिया जनाएका छैनन्।
थप जानकारीका लागि यस लिंकमा क्लिक गर्नुहोस् ।
https://twitter.com/USAmbNepal/status/1130335207523926017