जापानमा वर्षा र बाढी,९ जनाको मृत्यु

तस्बिरः एजेन्सी

जापानमा वर्षा र बाढीका कारण कम्तिमा ९ जनाको मृत्यु भएको छ ।

बाढीको कारण चिबा क्षेत्रमा एकजना हराइरहेका छन् भने फुकुसिमामा पनि अर्का एकजना अझै भेटिएका छैनन् ।

जापानमा टाइफूनको पुनर्निर्माण भइनसक्नै वर्षा र बाढीले जनजीवन कष्टकर बनाएको हो ।

घटना लगत्तै शनिबार प्रधानमन्त्री सिन्जो आबेले सुरक्षाकर्मीको आपतकालिन बैठक डाकेर उद्धारकार्यमा तत्काल खट्नका लागि निर्देशन दिएका छन् ।

प्रकाशित मिति: : 2019-10-26 17:48:42

प्रतिकृया दिनुहोस्