हिन्दू धर्मावलम्बी जब कोही मानिसको मृत्यु हुन्छ, हिन्दू धार्मिक परम्परा अनुसार उसलाई नदीको किनारामा लगेर जलाइन्छ। शरीर जलिसकेपछि त्यो खरानी पानीमा बगाइन्छ।
मृतक उच्च राजनीतिक व्यक्तित्व हो भने, यो हिन्दू धार्मिक संस्कारमा थोरै राजनीतिक संस्कार पनि मिसिन्छ। अर्थात्, शरीर जलेपछि बाँकी रहेको खरानीको केही अंश सुरक्षित राखिन्छ। र, जिल्ला–जिल्ला पुर्याएर नदीमा लगी अस्तु सेलाउने काम गरिन्छ।
अस्तुलाई मृतकको शरीरको अन्तिम अवस्था मान्ने मान्ने प्रचलन छ। अस्तुपनि सेलाएपछि सो व्यक्तिको अस्तित्व पूर्णरुपमा हावा–पानी र माटोमा मिलेको मानिन्छ।
३ जेठ ०५० मा चितवनका दासढुङ्गामा भएको रहस्यमय दुर्घटनामा तत्कालिन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र जीवराज आश्रितको दुखद निधनभएपछि एमालेले पनि त्यही गर्यो। पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएका नेताद्वयको अस्तु जिल्ला–जिल्लामा पुर्यायो, नेताद्वयप्रति सम्मान प्रकट गर्दै अस्तु सेलाइयो।
लाग्न सक्छ, अन्तिम संस्कार गरिएपछि मदन–आश्रितको भौतिक शरीर त रहेन नै, शरीरको खरानीपनि बाँकी रहेन।
तर, यो अनुमान गलत हो।