चिनियाँ उपराष्ट्रपतिको जापान भ्रमण सम्पन्न

तस्बिरः एजेन्सी


चिनियाँ उपराष्ट्रपति वाङ क्विशानले शुक्रबार जापानको पाँच दिने भ्रमण पूरा गरेका छन् ।

भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई थप प्रगढा बनाउन र नयाँ युगमा प्रवेश गर्नका लागि भ्रमणको निरन्तरता र सम्बन्ध विस्तारमा जोड दिइएको दुबै देशका अधिकारीहरुले बताएका छन् ।

उपराष्ट्रपति वाङ चिनियाँ राष्ट्रपति सी चिनफिङको विशेष दूतको रुपमा जापानी सम्राट नारूहितोको राजगद्दी आरोहण समारोहमा सहभागी हुन जापान गएका छन् ।

भ्रमणका क्रममा जापानी प्रधानमन्त्री सिन्जो आबेसँगको भेटमा उपराष्ट्रपति वाङले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङको तर्फबाट हार्दिक अभिवादन प्रकट गरेका थिए ।

सो भेटवार्ताको क्रममा हालै जापानमा आएको भयावह विनाशकारी आँधी ‘हगीबिस’ बाट ज्यान गुमाएका र घाइतेप्रति चिनियाँ सरकार र चिनियाँ नागरिकको तर्फबाट सहानुभूति प्रकट गरेका थिए ।

सम्राट अकिहितोले राजगद्दी परित्याग गरेपछि नारुहितो यसै वर्ष मे महिनामा जापानको सम्राट बनेका थिए । विभिन्न परम्परागत विधि सम्पन्न भएपछि मात्रै नारूहितोको औपचारिक राजगद्दी आरोहण भएको हो ।

प्रकाशित मिति: : 2019-10-25 14:18:31

प्रतिकृया दिनुहोस्