क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटको ड्राफ्टमा सन्दीप लामिछानेसहित ४ नेपाली खेलाडी अटाएका छन् ।
सीपीएलले सार्वजनिक गरेको ड्राफ्टमा नेपालका सन्दीप लामिछानेसहित सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेल ड्राफ्टमा अटाएका हुन्।
सन्दीपले गत सिजन सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट खेलेका थिए। उनले त्यतिबेला ५ खेल खेल्दै ७ विकेट लिएका थिए ।
सीपीएल आगामी अगष्ट २१ देखि सेप्टेम्बर २७ सम्म वेष्टइन्डियमा आयोजना हुनेछ।
त्यसका लागी सहभागि टिमले यही मे २२ मा ड्राफ्ट मार्फत खेलाडी चयन गर्नेछन् र टिम निर्माण गर्नेछन्।
ड्राफ्ट लिस्टमा सिपिएल ड्राफ्टमा नेपालसँगै अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, बर्मुडा, क्यानडा, इंग्ल्याण्ड, हङकङ, भारत, आयरल्याण्ड, केन्या, न्युजिल्याण्ड, ओमान, पाकिस्तान, स्कटल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, युएई, अमेरिका, जिम्बाबे र वेस्ट इन्डिजका खेलाडी छन्।
यस पटकको ड्राफ्टमा कीर्तिमानी ५३६ बिदेशी खेलाडीले स्थान बनाएका छन्।
A record 536 players have entered the CPL draft -
— CPL T20 (@CPL) May 15, 2019
Alex Hales ✅
Rashid Khan ✅
Jofra Archer ✅
Shakib Al Hasan ✅
Who do you think the teams should pick? Read more➡️ https://t.co/J4Z8Jy3pqv #CPL19 #BiggestPartyInSport #CricketPlayedLouder pic.twitter.com/xu3I1p75D0