आयरल्याण्डमा जारी त्रिकोणात्मक वान डे सिरिजमा बंगलादेश फाईनलमा पुगेको छ।
सोमबार राति वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै बंगलादेशले फाईनलमा स्थान पक्का गरेको हो।
सोमबार राति २ सय ४८ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४७.२ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो। बंगलबादेशलाई जिताउन विकेटकिपर मुश्फिकुर रहिमले सर्वाधिक ६३ रनको अर्धसतकीय इनिङ्स खेले। उनले ७३ बलमा ५ चौका र १ छक्का हिर्काएका थिए।
यस्तै सौम्य सरकारले ५४ रन बनाउँदा, तामिम इकवाल २१, सकिब अल हसन २९, मोहम्मद मिथुन ४३ रनमा आउट भए। महमुदूल्लाह ३० रनमा अविजित थिए।
वेस्ट इन्डिजका लागि एलशे नर्शले ३,केमर चेस र जोसन होल्डरले समान १ विकेट हात पारेपनि जिताउन सकेनन्।
यसअघि डबलिनमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४७ रन जोडेको थियो।
उसका लागि ओपनर साई होपले सर्वाधिक ८७ रन बनाउँने क्रममा १ सय ८ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
कप्तान जोसन होल्डरले ६२ रन बनाउँदा, सुनिल एम्ब्रिसले २३, रोस्टन चेजले १९, एस्ली नर्शले १४ रन जोडेका थिए।
बंगलादेशका मुस्ताफिजुर रहमानले ४ विकेट लिँदा कप्तान मोशर्फे मोतर्जाले ३,मेहदी हसन र सकिब अल हसनलेसमान१-१ विकेट लिए।
घरेलु टोली आयारल्यान्ड एक खेल अघिनै बाहिरिए सँगै आयरल्यान्ड, वेस्टइन्डिज र बंगलादेश सम्मिलित प्रतियोगिताको उपाधिको लागि बंगलादेशले शुक्रबार वेस्ट इन्डिजसँग नै खेल्नेछ।