नेपाली चलचित्र राम्रो नबन्नुमा हामी आफैं दोषी छौं

करिब तीन दशकदेखि अभिनेता राजेश हमाल नेपाली चलचित्र उद्योगमा सक्रिय छन् । ‘युगदेखि युगसम्म’ (२०४५) बाट अभिनय सुरु गरेका राजेश अहिले ‘सकुन्तला’सम्म आइपुगेका छन् । ३० वर्षमा उनले ३ करिब सय वटा चलचित्रमा अभिनय गरे । उनले चलचित्र क्षेत्रमा प्रवेश गर्दा दुई–तीन वर्षमा मुस्किलले एउटा चलचित्र बन्थ्यो ।

अहिले वर्षमा झन्डै सयवटा चलचित्र रिलिज हुन्छन् । उनले चलचित्रमा प्रवेश गरको केही वर्ष पछिसम्म पनि एकै पटक दुई–चारवटा चलचित्र एकैपटक निर्माण भए भने क्यामेरा, क्यामेरापर्सन तथा टेक्निसियनहरु विदेशबाट ल्याउनुपर्थ्यो । अहिले अवस्था फेरिइसकेको छ । वर्षमै सयौं चलचित्र निर्माण हुन थालिसकेका छन् । यहीँ अब्बल प्राविधिक तथा प्रविधि पाउन थालिएको छ । सयौं कलाकार जन्मिसकेका छन् । तर राजेशलाई अझै पनि सन्तोषजनक अवस्थामा नेपाली चलचित्र उद्योग र चलचित्र बन्न सकेजस्तो लाग्दैन ।

प्रकाशित मिति: : 2019-05-06 09:44:03

प्रतिकृया दिनुहोस्