रुसी विमानमा आगलागी: कम्तिमा ४१ को मृत्यु, ३७ को जिवितै उद्धार

तस्विर: एएफपी

रूसको राजधानी मस्कोस्थित विमानस्थलमा आपतकालीन अवतरण गरेको एउटा रूसी विमानमा आगो लाग्दा कम्तिमा  ४१ जनाको मृत्यु भएको छ। 

मस्कोबाट मारमास्क जादैँ गरेको विमानमा सवार चालक दलका ५ सदस्यसहित ७८ जना थिए। तीमध्ये ४१ जनाको मृत्यु भएको हो भने ३७ जनाको जीवितै उद्धार गरिएको छ।

रुसको सरकारी विमान कम्पनी एयरोफ्लोटले प्राविधिक गडबडीका कारण विमान एयरपोर्टमा फर्कनुपरेको र अवतरणका क्रममा विमानको इञ्जिनमा आगो लागेको थियो।

रूसी राष्ट्रिय ध्वजावाहक एरोफ्लोटले प्राविधिक कारणले गर्दा जहाज विमानस्थलमा फर्किन बाध्य भएको बताएको छ।

उसको विज्ञप्तिमा आपत्‌कालीन अवतरण गरेपछि धावनमार्गमा जहाजको इन्जिनमा आगो लागेको उल्लेख छ।

विमानमा भएको ठूलो आगलागी र आपत्‌कालीन अवतरणका बारेमा थप अनुसन्धान भैरहेको इन्टरफ्याक्स समाचार एजेन्सीले जनाएको छ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पीडित परिवारका लागि समवेदना जारी गरेका छन्।

 

 
प्रकाशित मिति: : 2019-05-06 08:06:30

प्रतिकृया दिनुहोस्