केपी ओलीलाई घनश्याम भुसालको प्रश्न

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले भ्रष्टाचार सहन्नँ, गर्दिनँ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दृढतालाई वासुकी नागको फोटो टाँसेर सर्पबाट सुरक्षित महसुस गर्नुजस्तो भएको टिप्पणी गरेका छन् । 

कार्ल मार्क्सको २०१ औं जन्मजयन्तीका सन्दर्भमा काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले भने, “अहिले जताततै सुन्छु, भ्रष्टाचार गर्दिनँ, सहन्नँ । राम्रो कुरा हो। तर, तल के भइरहेको छ ? कर्मचारी के गर्दैछन् ?” उनले पार्टीका अध्यक्षसमेत रहेका ओलीलाई प्रश्न गरे, “वासुकी नागको फोटो टाँसेर सर्पबाट सुरक्षित भइन्छ ?”

प्रकाशित मिति: : 2019-05-06 03:20:19

प्रतिकृया दिनुहोस्