विदेशी ‘हाई प्रोफाइल’ नै बालयौन दुराचारी

दुई दर्जनभन्दा धेरै नेपाली बालकमाथि यौन दुराचार गरेको अभियोगमा क्यानडा प्रहरीले युरोपियन युनियनका पूर्वकर्मचारी पाउल म्याकार्थीलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको उजुरीका आधारमा क्यानडा प्रहरीले दुई महिनाअघि उनलाई नियन्त्रण लिएको थियो। प्रहरीका अनुसार अनुसन्धानपछि उनले नेपालमा रहँदा नेपाली बालकहरूमाथि यौन दुराचार गरेको गोप्य भिडियो र फोटो फेला पारेको थियो। पाउल नेपालमा युरोपियन युनियनको भ्रष्टाचार नियन्त्रणसम्बन्धी कन्सल्ट्यान्टका रूपमा कार्यरत थिए। नेपाल रहँदा उनले बौद्धमा दुई दर्जनभन्दा धेरै बालबालिकालाई ललाईफकाई डेरामा लगेर गोप्य भिडियो बनाएर देखाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।

त्यस्तै युएन ह्याबिटेन्टमा अफगानिस्तानको कन्ट्री प्रतिनिधि र वल्र्ड हेल्थ अर्गनाइजेसनमा सिनियर अर्बन एडभाइजर पिटर डाल्गिस काभ्रेको मन्डन देउराली नगरपालिका–१ मा दुई बालकलाई यौनदुराचार गरेको अभियोगमा पक्राउ परेका व्यक्ति हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०७४ चैत २५ गते पिटरले बालकहरूलाई पढाइदिने, विदेश घुमाइदिने, ठूलो भएपछि जागिर लगाइदिनेजस्ता प्रलोभनमा पारी समाजसेवीको आवरणमा यौन शोषण गरेको अभियोग लागेको छ। युद्धपीडित बालबालिका, कामदार, सडक बालबालिकाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका र तीनवटा मानार्थ विद्यावारिधि प्राप्त गरेका उनी स्ट्रिट किड्स इन्टरनेसनलको संस्थापकसमेत हुन्।

प्रकाशित मिति: : 2019-05-05 09:02:14

प्रतिकृया दिनुहोस्