किन पटक पटक बौरिइरहन्छ राजतन्त्रको काँचोवायु ?

पन्चतन्त्रमा दृष्टान्तबोधक कथाहरु धेरै छन् । कथाका आधारमा बालबालिकालाई जीवन र जगत्को शिक्षा दिने मनसायले नै विष्णु शर्माले ती कथा रचना गरेका थिए् । सवैभन्दा पुराना र संसारभरि फैलिएका कथा मानिन्छन् पन्चतन्त्रका कथा । नेपाली जनजीवनमा पनि पन्चतन्त्रका कथा सुदूर अतीतदेखि अद्यावधि चलनचल्तीमा छन् । कति निरक्षर हजुरआमाहरुले आफ्ना नाति नातिनालाई सुनाउने कथामा पनि पन्चतन्त्र भेटिन्छ । (त्यतिसम्म लोकप्रसिद्ध कथाहरु हाम्रा लोकतन्त्रका महान् नेताजनहरुले सुन्न गुन्न न भ्याउनुले वहाँहरुको जन्मसिद्ध शासकीय व्यस्ततालाई सङ्केत गर्छ भने यसमा ‘उदेक’ मान्न मात्र सकिन्छ ।)

 

पन्चतन्त्रमा एउटा नक्कली शृगाल अर्थात् स्यालको कथा छ । शहरतिरको भागाभागमा अचानक धोवीको रङ्गपात्रमा डुबेर निस्केपछि स्याललाई राजा हुने रहर जाग्छ । जङ्गलभित्रको कुनै अग्लो ढिस्कामा उभिएर ऊ आफू राजा भएको घोषणा पनि गर्छ । जङ्गलका जनावरहरु अलिदिन भ्रममा पनि पर्छन् । एक दिन राजगद्दीमा विराजमान रहेको बेला अचानक ‘नीलवर्ण शृगाल राजा’ले त्यतै कुनै भेगमा सगोत्री साथी स्यालहरु कराएको सुन्छ । गद्दीनसीन स्यालका शुद्धिबुद्धि हराउँछन् । आफ्नो तत्कालीन हैसियत भुसुक्क बिर्सन्छ । ऊ गद्दीमाथि नै उभिएर स्यालहुइयाँको सङ्गीतमय लबजमा चिच्याइदिन्छ । अनि जनावरहरुका अगाडि उसको खैरियत रहँदैन ।

 

प्रकाशित मिति: : 2019-05-05 08:13:28

प्रतिकृया दिनुहोस्