अफगानिस्तानको नन्गाहारमा दश आइएसका लडाकू मारिए

तस्बिरः एजेन्सी

अफगानिस्तानको पूर्वी प्रान्त नन्गाहारमा सुरक्षाबलले गरेको कारबाहीको क्रममा दश इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएको प्रान्तीय सरकारले शनिबार जानकारी दिएको छ ।

नन्गाहार प्रान्तको आचिन दि जिल्लामा गत २४ घण्टा भित्र आइएस लडाकूविरुद्ध भएको सुरक्षा कारबाहीमा ती दश लडाकू मारिएका सरकारी स्रोतले जनाएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट १२० किलोमिटर पूर्व रहेको यस स्थानमा सुरक्षा बल र आइएस लडाकूबीच बारम्बार झडप हुने गरेको छ । यसैकारण हजारौं सर्वसाधारण सुरक्षित स्थानका भाग्न बाध्य भएका छन् ।

सन् २०१५ को शुरुबाट बलियो पकड बनाइ बसिरहेका आइएस लडाकू समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

प्रकाशित मिति: : 2019-10-19 14:52:37

प्रतिकृया दिनुहोस्