एकताबारे बूढानीलकण्ठमा बाबुराम र उपेन्द्रबीच ‘वान टु वान’ वार्ता, यस्तो छ भागबण्डाको तयारी

तस्बिरः एजेन्सी

काठमाडौं–उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकीकरणलाई अन्तिम रुप दिने उद्देश्यका साथ बिहीबार ‘वान टु वान’ वार्ता भएको छ ।

 

यी दुईजना अध्यक्ष बीच विहान पहिलो एक चरणको ‘वान टु वान’  वार्ता भयाे भने दोस्रो चरणको छलफल पनि आजै बुढानीलकण्ठको एक घरमा भएकाे नयाँ शक्ति पार्टी स्रोतले जनाएको छ । 

विहान भएको छलफलबाट दुवैजना अध्यक्षले एकीकृत पार्टीको आधिकारिक दस्तावेज तयार गरेको बताइएको छ ।  यस्तै दोस्रो चरणको छलफलबाट दस्ताबेजलाई अन्तिम रुप दिएका थिए । 

ती दस्तावेजलाई शुक्रवार बस्ने नयाँ शक्ति पार्टीको सचिवालय बैठक र शनिवार बस्ने फोरम नेपालको केन्द्रीय समितिको बैठकबाट अनुमोदन गराइने बताइएको छ ।

 

प्रकाशित मिति: : 2019-05-02 16:17:43

प्रतिकृया दिनुहोस्