गोप्य सूचना चुहाएको आरोपमा बेलायती रक्षा मन्त्री बर्खास्त

काठमाडौं । बेलायती रक्षामन्त्री गभिन विलियम्सन पदबाट बर्खास्तीमा परेका छन् । राष्ट्रिय सुरक्षा परिषद् बैठकको गोप्यता भंगको आरोपमा उनलाई पदमुक्त गरिएको हो ।

बेलायतको प्रधानमन्त्री कार्यालयले विलियम्सनले प्रधानमन्त्रीको विश्वास गुमाएपछि उनलाई पदबाट हटाइएको जनाएको छ ।

विलियम्सनमाथि राष्ट्रिय सुरक्षा परिषद् बैठकमा संवेदनशील विषयमा भएको छलफलको विषय चुहाइएको आरोप लागेको छ । प्रधानमन्त्री टेरिजा मेले अध्यक्षता गरेको उक्त बैठकमा फाइजीमा जाँदा चीनको मोबाइल तथा टेलिकम उपकरण उत्पादक हुवावेको सामग्री प्रयोग गर्नेबारे छलफल चलेको थियो । तर, संवेदनशील विषयमा भएको छलफल सञ्चार माध्यममा चुहियो । हुवावेका उपकरणको प्रयोगले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने अमेरिकालगायत देशको चेतावनीका माझ फाइजी नेटवर्क सञ्चालन गर्न पहुँच दिएको खबर द डेली टेलिग्राफमा प्रकाशित भएको थियो । जसमा रक्षा मन्त्री विलियम्सनको संलग्नता भेटिएको प्रधानमन्त्रीको भनाइ छ । र, उनलाई यही अभियोगकै बीच पदबाट हठात बर्खास्त गरिएको छ ।
प्रकाशित मिति: : 2019-05-02 09:35:02

प्रतिकृया दिनुहोस्