विराट कोहलीको बैंग्लोर आईपीएलबाट बाहिरिने पहिलो टोली, हैदारावादका श्रेयस गोपालको ह्याट्रिक

तस्बिरः एजेन्सी

भारतीय क्याप्टेन विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोर भारतमा जारी १२औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलबाट बाहिरिने पहिलो टोली भएको छ।

मंगलबार वर्षाले प्रभावित खेलमा राजस्थान रोयल्ससँग अंक बाढ्दै बैलोर ९ अंकसहित तालिकाको पुछारमा रहँदै १ खेल अगावै प्लेअफबाट बाहिरिएको हो।

पहिले ब्याटिङ गर्दै बैंग्लोरले दिएको ६३ रनको लक्ष्य पछ्याएको राजस्थानले १० बल बाँकि छँदा १ विकेट गुमाएर ४१ रन बनाएको थियो।तर, पुनः पानी परेपछि खेल रद्द हुँदा दुबै टिमलाई १-१ अंक बाँढिएको थियो। यो नतिजाले बैंग्लोर प्रतियोगिताबाट बाहिरियो भने राजस्थानले प्लेअफ सम्भावना जिवितै राखेको छ।

राजस्थानका लागि सन्जु साम्सनले १३ बलमा २८ रन जोडे भने लायम लिभिङस्टोनले ७ बलमा ११ रन जोडेका थिए। बैंग्लोरका लागि युजवेन्द्र चहलले १ विकेट लिए।

निर्धारित समयभन्दा झण्डै चार घण्टापछि घरेलु मैदान चिन्नास्वामी रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित ५ ओभरमा ७ विकेट गुमाउँदै ६२ रन बनाएको थियो।

लेग स्पिनर श्रेयस गोपालले यस सिजनको आईपीएल क्रिकेटमा पहिलो ह्याट्रिक गरेका छन्।

रोयल च्यालेन्जर्स बेंगलोर र राजस्थान रोयल्सबिचको खेललाई वर्षाले प्रभावित पारेपछि ५-५ ओभरमा घटाइएको थियो।

उक्त खेलमा पहिले ब्याटिङ गर्दै रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्सलाई ६३ रनको लक्ष्य दिएको छ ।

बेंग्लोरका लागि कप्तान विराट कोहली र एबी डी भिलियर्सलाई ओपनरको रुपमा उत्कृष्ट सुरूवात गरेका थिए।

पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरेका कोहली र डिभिलियर्सले मात्र १० बल खेलेका थिए। तर त्यसपछि लगातार दुबैले विकेट गुमाएपछि बैंग्लोरको रन गति घट्यो।

बैंग्लोरका बाँकि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

राजस्थानका लागि लेग स्पिनर श्रेयस गोपालले ह्याट्रिक गरे। जारी आईपिएल पहिलो ह्याट्रिक गरेका उनले कोहली,एभिडिबिलियर्स र मार्कस स्टोइनिसलाई आउट गरे।

गोपालले दोस्रो ओभरको चौथो बलमा कोहलीलाई लङ अनको दिसामा लिभिङ स्टोनबाट क्याच आउट गराउँदै पहिलो विकेट लिएका थिए। गोपालले लगतै अर्को बलमा डीभिलियर्सलाई क्याच आउट गराए। डी भिलियर्स पनि ठूलो शर्ट खेल्ने क्रममा रियान परागबाट क्याच आउट भए । अन्तिम बलमा मार्कस स्टोइनिसलाई स्टिभ स्मिथबाट क्याच गराउदै गोपालले ह्याट्रिक पुरा गरेका थिए।

 लेग स्पिनर श्रेयस गोपाल ह्याट्रिक विकेट लिएपछि

गोपालले ह्याट्रिक गरेपछि राजस्थान खेलमा फर्किएको थियो। तेस्रो ओभरमा रियान परागले १० रन खर्चेर १ विकेट लिए ।

जयदेव उनादकटको चौथो ओभरको दोस्रो बलमा पार्थिव पेटलले चौका प्रहार गरे पनि अन्तिम बलमा ओशन थोमसबाट क्याच आउट भए । उनले ५ बलमा ८ रन बनाए। उनादकटले यस ओभरमा ९ रन मात्र खर्चिए।

अन्तिम ओभरमा ओशन थोमसले ८ रन खर्चेर २ विकेट लिए ।

राजस्थानका श्रेयस गोपालले १ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए। त्यस्तै ओशन थोमस २, रियान पराग र जयदेव उनादकटको नाममा समान १ विकेट रह्यो ।

यो बराबरी सँगै बेंगालेर १३ खेलमा ४ मा जित र ८ मा हारका साथ ९ अंक जोड्दै पुछारमा रहेको छ । अन्तिम खेल जितेपनि बेंगलोर प्ले अफमा पुग्न सक्दैन । राजस्थान भने पाँचौ स्थानमा उक्लिएको छ । १३ खेलमा ७ मा हार र ५ मा जितका साथ ११ अंक जोड्दै राजस्थान पाँचौ स्थानमा छ ।


प्रकाशित मिति: : 2019-05-01 01:03:08

प्रतिकृया दिनुहोस्